You are viewing the translated version of पञ्जीकरण खारेज वा निलम्बन गर्न सक्ने.
Section 5
पञ्जीकरण खारेज वा निलम्बन गर्न सक्ने
(१) केन्द्रले देहायका अवस्थामा जीवनाशक विषादीको पञ्जीकरण खारेज वा निलम्बन गर्न सक्नेछः-
(क) पञ्जीकरण गरिएको जीवनाशक विषादीले मानिस, जीवजन्तु वा बिरुवाको स्वास्थ्य तथा वातावरणमा प्रतिकूल प्रभाव पारेको कारणले पञ्जीकरण कायम राख उचित नदेखिएमा,
(ख) जुन प्रयोजनको लागि विषादी पैठारी तथा संश्लेषण गरिएको हो सोको प्रयोग प्रभावकारी नभएमा,
(ग) जुन प्रयोजनको लागि बिषादी पैठारी तथा संश्लेषण गरिएको हो, सोको गलत प्रयोग गरेमा,
(घ) पञ्जीकरण पश्चात राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा कुनै नकारात्मक असर पार्ने तथ्य फेला परेको वा परिस्थितिमा आएको कुनै परिवर्तनले गर्दा पञ्जीकरण खारेज वा निलम्बन गर्नु पर्ने अवस्था देखिएमा,
(ङ) पञ्जीकरण गर्दाका बखत तोकिएका शर्तहरूको उल्लङ्घन गरेको पाइएमा,
(च) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, निर्देशिका तथा मापदण्ड विपरीतको काम गरेको पाइएमा ।
(२) पञ्जीकरण गरिएको विषादी खारेज वा निलम्बन गर्ने सम्बन्धी प्रक्रिया तोकिए
बमोजिम हुनेछ।